
झापा, २४ जेठ । मलेसिया पठाउने नाममा लाखौं रूपैयाँ असुल गरेको द रिभर ओभरसिजले १९ जना श्रमिकलाई झुलाएको छ । वैदेशिक रोजगार विभागलाई समेत अटेर गरेको छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै ओभरसिजले प्रति व्यक्ति २ लाख ५५ हजार रूपैयाँसम्म बढी असुल गरेको थियो । उक्त असुल गरेको रकम तीन दिनभित्र फिर्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो ।
प्रतिबद्धता पत्रमा १ कात्तिक २०७९ मा पीडितहरूलाई ३ दिन भित्रमा उक्त रकम फिर्ता गर्ने भन्ने उल्लेख गरिएको छ । तर, लिखित प्रतिबद्धता गरेको सात महिना वितिसक्दा पनि पैसा फिर्ता नगरेको पीडितहरूले बताएका छन् । मलेसिया उड्नुअघि विभागले उक्त कम्पनीमा छापा मारेको थियो । त्यही क्रममा बढी रकम लिएको पाइएपछि विभागले कारवाही गरेको थियो । र, ३ दिन भित्रमा बढी लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । रातोपाटीबाट


झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



