
बिर्तामोड, १० असार । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजटे सर्वसम्मत पारित गरेको छ ।
आज बसेको नगरसभाको १३औं नियमित अधिवेशनले नीति, कार्यक्रम तथा बजटे सर्वसम्मत पारित गरेको हो । नगर उपप्रमुख खगमाया पराजुलीले आगामी आवका लागि रू ७६ करोड ११ लाख ८ हजार बजेट सार्वजनिक गर्नुभयो ।
विनियोजित बजेटमा संघीय सशर्त कार्यक्रम अन्तरगत रू २८ करोड ३० लाख, समपुरक अनुदान कार्यक्रम रू ९० लाख, विषेश अनुदान रू एक करोड ४५ लाख, प्रदेश सरकारबाट सशर्त कार्यक्रम अन्तरगत रू दुई करोड ४८ लाख ७५ हजार, प्रदेशतर्फ समपुरक र्काक्रम अन्तरगत रू एक करोड ३० लाख, समपुरक कोषमा रू तीन करोड, साझेदारी कोष रू एक करोड ८० लाख रहेको छ ।
त्यस्तै, प्रस्तावमा आधारित कार्यक्रम रू ४० लाख, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालनका लागि रू ५० लाख, विपद् व्यवस्थापन कोषमा रू ६० लाख, संघसंस्था प्रबद्र्धन कार्यक्रम रू ४०, भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रमका लागि रू ४५ लाख, नगरको गौरव आयोजनाहरुका लागि रू एक करोड १३ लाख, पूर्वाधार विकास सम्बन्धी कार्यक्रम रू दुई करोड ५५ लाख, सामाजिक विकास सम्बन्धी कार्यक्रमका लागि रू चार करोड ५५ लाख, आर्थिक विकास सम्बन्धी कार्यक्रमका लागि रू एक करोड ८७ लाख, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमका लागि रू ७५ लाख, सुशासन तथा सामाजिक विकास सम्बन्धी कार्यक्रमका लागि रू ७८ लाख, वडास्तरीय योजनाहरुका लागि रू नौ करोड ९० लाख र प्रशासनिक खर्चका लागि रू १३ करोड पाँच हजार गरी कूल रू ७६ करोड ११ लाख ८ हजार बजेट विनियोजन गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले जानकारी दिनुभयो ।
नगरपालिकाले आगामी आवमा नगरबासीहरुको जीवनस्तरमा सुधार गर्ने, नगरबासीको नगरबासीको न्याय तथा समानता कायम गर्ने, विकासका पूर्वाधारको स्तरबृद्धि विस्तार र नगरपालिकाको सबलीकरणमार्फत स्थानीय तहको सेवाको प्रभावकारिता अभिबृद्धि गर्ने मूल्य उद्देश्य लिएको नगरप्रमुख बलदेव गोम्देनले बताउनुभयो ।
त्यस्तै, बजेटले कृषि, पशुपालन तथा पर्यटन मार्फत् आर्थिक विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, मानव संशाधन विकास, सार्वजनिक सेवाको सुधार तथा विस्तार, स्थानीय आर्थिक क्रियाकलापको प्रबद्र्धन, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण र संस्थागत क्षमता विकास तथा सुशासन प्रबद्र्धनलाई विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



