
झापा, ११ असार । झापाको हल्दिबारी गाउँपालिकाको १५ औँ गाउँसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४७ करोड ७४ लाख ३० हजार ४ सय रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोशी प्रदेश सभा ३ (२) का सदस्य छबिलाल चुडालको प्रमुख आतिथ्यमा भएको गाउँसभाले आइतबार उक्त बजेट सार्वजनिक गरेको हो । हल्दिबारी गाउँपालिका अध्यक्ष सभाअध्यक्ष रविन्द्र लिङ्देनले सभा सञ्चालन गरेका हुन् । गाउँसभाको १५ औ पहिलो बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समिति सदस्य तथा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले सभामा विनियोजन विधियक २०८० सभामा पेश गरेकी थिइन् ।
हल्दिबारी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ७४ लाख ३० हजार ४ सय रूपैयाँको अनुमानित बजेट सभामा उपाध्यक्ष लक्ष्मी देवी मैनालीले प्रस्तुत गरेकी छिन् । गाउँपालिकाको चालु आर्थिक वर्ष ०७९/०८० मा ४६ करोड ४३ लाख ४४ हजार ६७० रूपैयाँको अनुमानित बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ३० लाख ८५ हजार सात सय तीस रुपैयाँ बढी बजेट ल्याएको छ ।
नीति तथा कार्यक्रम र बजेट माथिको छलफलको लागि असार १३ गते बिहान ११ बजे बैठक बस्ने गरी पहिलो बैठक समापन भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



