
झापा, ५ मंसिर । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज तोलामा पाँच सय रुपौयाँले सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुनको भाउ १ लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार १५० रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



