
झापा, १९ मङ्सिर । आज सुनको मूल्य घटेको छ ।
निरन्तर उकालो लागेको सुनको मूल्य आज भने तोलामा दुई हजार चार सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनमा दुई हजार चार सय रुपियाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा दुई हजार ३५० रुपियाँ घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपियाँले घटेर प्रतितोला १५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ५४५ रुपियाँमा कारोबार भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



