
काठमाडौँ, २ पुस । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (सोमबार)बाट सुरु हुँदैछ।
मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको थियो। बैठक आज र भोली बस्ने पार्टी प्रचार विभागले जनाएको छ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गर्ने नेताहरुले बताएका छन्।
Facebook Comments Box



