
विराटनगर, २ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् ।
‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उनले भने, यहाँ कामकाआधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठूलो विभेद कायम नै छ ।’मुख्यमन्त्रीकार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताएका छन् । ‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्यहुनु पर्छ ।उनले भने, विदेशमाश्रम पसिना बगाउनेसँग यहाँका नेताहरूले गएर रमाउनुका साथै चुनावमा चन्दा उठाएर खर्च जुटाउने भाँडो बनाएको छ ।’
विदेशमा काम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उनले सुनाए । मुख्यमन्त्रीकार्कीले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूर्ण र समान व्यवहार गर्न निर्देशनसमेत दिएका हुन् । ‘श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन हुँदैन । उनले भने, त्यसैले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनु पर्छ, त्यसमा सरकार प्रतिवध छ ।’
विदेशमा काम गर्ने र यहाँकाम गर्नेमा पनि समान व्यवहार नरहेको उनको भनाइ थियो । ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन । मुख्यमन्त्री कार्कीले भने, खुल्ला अर्थतन्त्रमा जुन देशमा जे हुन्छ त्यहि बिक्री हुन्छ । श्रम बजारमा आफ्नो हैसियत अनुसार श्रम बेचेर आर्जन गर्ने खुल्लाश्रम बजार छ ।’
बंगलादेश, भारतलगायतका देशबाट आएर काम गर्ने विदेशी नमगरिकले अपराधगर्याे भने कारवाही हुन्छ तर यहाँको उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मान दिनुका साथै सुरक्षाप्रदान गर्ने उनले प्रतिबद्धता जनाए । सरकारले सीप विकासका साथै दक्ष जनशक्ति उत्पादन गर्न र वैदेशिक रोजगारीम ागएकाहरूका १० वर्षमुनिका बालबालिकाको प्रदेश सरकारले निःशुल्क उपचार सुरू गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसचिव कृष्णप्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवाशनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुरक्षित आप्रवाशनका लागि यस प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको बताए ।
सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा प्रदेश सरकारले स्रोत केन्द्र स्थापना गर्ने तयारी छन् भने ओखलढुंगा, धनकुटा र तेह्रथुममा पालिकाहरूले स्थापना गरेको र बाँकी जिल्लामा सामी परियोजनाले सञ्चालन गरेर सेवा प्रवाह गरिरहेको पोखरेलले बताए ।



