
रिकेश निरौला सुनसरी, ४ पुस । सुनसरी जिल्ला सदरमुकाम समेत रहेको कृषि नगरि इनरुवा नगरपालिकाका नगरप्रमुख साथै विकाश प्रेमी युवा नेता केदार भण्डारीसँग स्थानिय युवा रिकेश निरौलाले गरेको चियागफको कुराकानी।
इनरुवा नगरपालिकामा तपाईं मेयर भए पश्चात दुई वटा आर्थिक बर्षको बजेट ल्याईसक्नु भएको छ, त्यसमा मुुख्य प्रााथमिकता के–के लाई दिनुभयो ?
→ आम जनताहरुको माग र आवश्यकतालाई नै हामी निर्वाचित जनप्रतिनिधिहरुले प्रााथमिकता दिने हो। अहिले जनताहरुको बढी भन्दा बढी माग नै बाटो, कृषि, शिक्षा र स्वास्थ रहेको छ। इनरुवा नगर कृषि बजारको मुख्य क्षेत्र भएकोले हाम्रो ध्यान कृषिमा पनि छ। पूर्वाधार बिकास अन्तरगत बाटोको ब्यवस्थापन, निर्माण, पिच गर्न वा ब्लक हाल्ने, दिर्गकालिन रुपमा फोहोर ब्यवस्थापन गर्ने, शैक्षिक गुणस्तर सुधारको लागि लगानी गर्न नै मुख्य प्राथर्मिकतामा पारेका छौं।हाम्रो भाबि योजनाहरु पनि यी प्राथमिकताको क्षेत्रमा छुट्याइएको बजेटको सफल कार्यान्वयन गर्दै उचित र आवश्यक ठाउँमा खर्च गर्ने हो। साथै हाल संचालन भै रहेका र हुन लागेका केही योजनाहरुलाई यथासिग्र सम्पन्नता तर्फ लैजाने हो।
निर्वाचनको बेला गर्नु भएको प्रतिबद्धताहरु सबै पूरा गर्नुभयो कि बाँकी छन्न अलि–अलि ?
→ मैले निर्वाचनको बेला जनताहरुलाई ठूला–ठूला आशा र आश्वासन देखाउने खालको प्रतिवद्धता केही गरेको थिइन्। तपाईहरुले स्वयम् जनताहरुलाई सोध्न सक्नुहुन्छ। मैले भोट माग्ने क्रममा जनताहरु सँग म काम गर्न आएको हो, पैसा कमाउन हैन् भनेको थिए सोहि अनुरुप काम पनि गरिरहेको छु। नगरको आवश्यकता अनुसार तपाई र हामीसँगसँगै इनरुवा नगरको विकास गरौं, म सहजिकरण गर्छु, तपाईहरु सुझाव दिनुहोस्, सहयोग गर्नुहोस्, मेरो तर्फबाट गर्ने काम म गर्ने छु भनेको थिए र गरि पनि रहेको छु।
यस बाहेक केही पार्टीगत घोषणापत्रका कुराहरु थिए, त्यो पनि हामी पूरा गर्ने क्रममै छौं। आज पनि म नगरका जनतासँगै चोक र चियापसलमा हुन्छु,उहाँहरुको आवश्यकता र समस्याबारे कुरा हुन्छ साथै समाधानको पहल पनि गरिनै रहेको छु। जनताको बस्तिमा जान्छु, टोल–टोलमा जान्छु र प्रतेक समस्याहरु म आफै प्रतक्क्ष रुपमा हेर्छु, कतिपय उहाँहरुले पनि भन्नू हुन्छ। त्यस्तो समस्याहरु हामी सबै मिलेर समाधान गरिरहेका छौं। अधिकाम्स घोषणापत्रका कुराहरु, योजनाहरुलाई बजेटमार्फत सम्बोधन गर्दै कामहरु निरन्तर गरिरहेका छौं।
निर्वाचित भएर आएदेखि हालसम्मको अबधिमा जनताहरूले महसुस, देख्ने गरि गर्नु भएको उपलब्धि के छन् ?
→ आम नगरवासी हरुले महसुस गर्ने खाल्को विकास निर्माणका कामहरू थुप्रै भएका छन्, जुन अहिले सबै स्मरण गर्न पनि सकिदैन र स्मरण गर्न सम्भव पनि छैन् ।
हाम्रो इनरुवा नगर कृषिको अत्याधिक संभाव्यता भएको नगर हो। यहाँको हावापानी, यहाँको भौगोलिक र प्राकृतिक बरदानले हामिलाई थुप्रै अवसरहरू पनि प्रदान गरेको छ। म निर्वाचित भएर आएदेखी धेरै कामहरू भएका छन् । हामीले नगरका कृषक हरुको हितको लागि सहुलीयत दरमा सिजन र माग अनुसारको बिउ बिजन साथै खाद्वान्य मल वितरण गर्दै आएका छौं। पकेट तरकारी खेती लाई प्रोत्साहन, कृषि फार्महरु संचालन गर्न प्रोत्साहन र गत आर्थिक वर्षमा मात्रै लघु उध्यम विकास कार्यक्रम मार्फत गरिव तथा विपन्न परिवारको आवश्यकताको आधारमा ८५ जना नयाँ उद्यमीहरुलाई आयमूलक सीप सिकाई विभिन्न प्रविधि तथा कृषि सामाग्रिहरू नगरको ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा खरीद गरि हस्तान्तरण गरिएको छ । इनरुता–०५ मा ६ वटा आवसिय घर निर्माण गरि दलित र मुसर समुदायका परिवारहरुलाई घर हस्तान्तरण समेत गरिसकीएको छ। नगरकै गौरवको रूपमा संचालित आयोजनाहरु शिव मन्दिर, दुर्गा मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ। आम नगरबासीको स्वास्थलाई मध्यनजर गर्दै बडा नं– १, ५, ६, र ७ मा खुल्ला व्यायमशाला संचालनमा ल्याइएको छ । यसलाई बिस्तारै आवश्यकता साथै जनताहरुको माग अनुसार दस वटै वडाहरुमा विस्तार गरिने छ। दलित, अपांग, विपन्न तथा गरिब परिवारको स्वास्थ बिमा कार्यक्रमबाट प्रतेक वर्ष २० लाख बराबरको स्वास्थ बिमा गरिदै आइएको छ।
म निवार्चित भएर आए पश्चात नगरले घर देखि बाट सम्मको अभियान संचालन गरि रहेको छ। जुन अभियान नगरमा निकै लोकप्रिय छ। गत आर्थिक वर्षमा मात्र ९५ जना दलित तथा अति विपन्न परिवार सदस्यको मृत्यु पर्यन्त दाहासंस्कार खर्च प्रतिपरिवार दस हजारका दरले उपलब्ध गराइएको छ । जिर्ण अवस्थामा रहेका विद्यालयहरुको निमार्ण साथै नगरको आफ्नै पाठ्यपुस्तक प्रकाशन गरि सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको लागि नियमित अनुगमन साथै आवश्यक काम कार्वाहीहरू समेत गरिरहेका छौ ।
नगरको फोहोरमैला दिर्घकालिन रुपमा समाधान गर्नका लागि अत्याधुनिक फोहोर व्यवस्था केन्द्रको निमार्ण सम्पन्न भैसकेको छ। गत वर्ष असारमा उच्च शिक्षा अध्ययन गर्न चाहाने दलीत, विपन्न साथै अल्पसङ्ख्यक समुदायका किशोरीहरुलाई ५० थान साइकल वितरण गरिएको थियो ।यति मात्र नभएर समतामूलक समाजको निर्माण, सुशासन, वितिय पहुँचलगायत रोजगारी विकास तथा उद्योग–व्यवसाय प्रवद्धनलाई समेत प्रोत्साहन गर्दै कृषि क्षेत्रमा आएका हरेक समस्यालाई समाधान गरि प्राविधिक कृषिमा प्रोत्साहन, बेरोजगारीहरुको तथ्यांक संकलन गरि रोजगार व्यवस्थापन, वैदेशिक रोजगारिमा जानेलाई उचित तालिमको व्यवस्थापन, दस वटै वडामा सुविधा सम्पन्न आधारभूत स्वास्थ्य चौकि, सार्बजानिक शौचालय साथै पार्किङ स्थलको व्यवस्थापन, ट्राफिक, व्यवस्थापन, बजाए व्यवस्थापन र नियमित अनुगमन, शुद्ध पिउनेपानी सहज रूपमा वितरण, सडक साथै नाला निर्माण, निशुल्क शवबहान सेवा, वातावरण संरक्षण जस्ता अनगिन्ती थुप्रै उपलब्धि मुलक कामहरू म निर्वाचित भएर आएपश्चात भएका छन् । जुन कामहरू नगरका प्रतेक नागरीकहरुले सहजै महसुस गर्नु भएको छ । यी कामहरुलार्इ निरन्तरता दिदै अझ यस्ता थुप्रै कामहरु नगरमा गर्न बाकि छन्, ति कामहरुलाई निरन्तर गरिन्छ।
संघिय सरकार र प्रदेश सरकार संगको सहयोग, सहकार्य र समन्वय कस्तो पाउनु भएको छ ?
→ दुवै तहको सरकार मार्फत इनरुवा नगरपालिकालार्इ निकै राम्रो साथ सहयोग भैरहेको छ। मैले माथि पनि केन्द्र सरकार अर्थात संघ र प्रदेश सरकारले गरेको सहयोगको योजनाहरू सुनाए। उहाँहरुको हमेशा साथ सहयोग छ। हामीले पनी सहकार्य र समन्वय गरिनै रहेका छौ। नगरका ठूला–ठूला योजनाहरूमा केन्द्र र प्रदेश सरकारसँग हामीले राखेका प्रस्तावहरू सबै पुरा नभएपनी सन्तोषजनक रूपमै कामहरू भइनै रहेका छन् र आगामि दिनहरुमा पनि अझ बढि सहयोग पाउने कुराम म विश्वत छु। इनरुवा–०१ र ०५ को सिमानामा पर्ने शङ्खरपुर नहर साखामा रहेको सानो र जिर्ण अवस्थामा बर्षै देखि रहेको पुल निर्माणको काम पनि थाली सकेका छौ भने इनरुवा देखि दुहवि सम्मको करिब १५ कि.मि सडख खण्ड निकै सागुरो र जिर्ण अबस्थामा रहेको छ।उक्त सडक खण्डमा दिनहु जसो दुर्घटनाहरु भईरकेका छन्न जस्लार्इ समाधान गर्नका निम्ति म प्रदेश सरकार र संघिय सरकारसगँ निरन्तर छलफलमा छु र मलाई छिमेकी पालिकाहरुबाट पनि उतिकै सहयोग भै रहेको छ। संभवत अब छिटै इनरुवा–दुहबी सडक खण्डको बाटो निर्माणको काम सुरु हुन्छ।


