
झापा, २३ पुस । प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार मन्त्री शरतिसंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा १७ बमोजिमको निर्देशक समितिको बैठकबाट आगामी आर्थिक वर्ष २०८१–०८२ बाट ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’का रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार निर्माण गर्ने र श्रम बजारको नतिजामा सुधार हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम् आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



