सुधीर सापकोटा
इलाम । गोर्खे बजारमा टेम्पो कुदेको देखेर पुरानो झझल्को आयो । भनिन्छ बाटो बिकासको मेरुदण्ड हो । बिगतको गोर्खे बजारलाई फर्केर हेर्दा आज भन्दा करिब ५–६ वर्ष अघि यही बाटोको असहज वातावरण ले यहाँ का धेरै मानिसहरु बसाइँसराई हिँडेको अवस्थामा अहिले आएर फिक्कलदेखि करिब गोर्खे बजारसम्मको बाटोको अवस्था पहिलाको तुलनामा धेरै राम्रो बनेको छ । र, यहाँका जनताहरुले ठुलो राहत महसुस गरेको छ ।
यु भुमिकामा हाम्रो वडा नम्बर १ को जनप्रतिनिधि र नगर प्रमुखको विशेष हात रहेको छ र हामी आम जनता आभारी छौं । अब मानेभञ्ज्याङसम्मको बाटो राम्रो हुने हो भने यहाँका भेगका जनताहरुको जिवनस्तरमा निकै सुधार आउनेमा दुई मत नहोला ।
बुधबार लाग्ने बजारलाई अझ ब्यवसस्थित तरिकाले बजार बृहत गर्नतर्फ सबै जना सम्बन्धित निकाय लागेमा पुनः बजारलाई पहिलेको अवस्थामा ल्याउन सकिन्थियो होला । धार्मिक दृस्ठिकोणले यहाँका सिंहदेवि देविस्थान मन्दिर, राम मन्दिर तथा बजार बीचमा रहेको चैत्यले थप यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बन्नमा सहयोग मिलेको छ ।
अझ अहिले वडा र नगरको पहलमा मयु खोलाको नजिक ढुङ्गा धारा निर्माणले थप केही सौर्न्दर्य थपेको आभास हुन्छ । यसरी नै नगर र वडाको पहलमा थप अझ विकासको काम हुने हो भने अवस्य पनि सूर्योदय नगरपालिकाको राम्रो पर्यटकीय गन्तव्यहरुमध्ये गोर्खे पनि हुनेमा दुई मत नहोला ।