
झापा, ९ माघ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो ।
नेपालबाट भने ६० लाख ४३ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालबाट निर्यात गरिएका अधिकांश खाद्यान्न वस्तुमा रैथाने बाली रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
गहुँ तथा गहुँजन्य वस्तु मेक्सिको र भारतबाट बराबर ४ अर्ब ९९ करोड २८ लाख बराबरको आयात गरिएको छ भने ३ अर्ब २१ करोड २५ लाख रुपैयाँको बासमती चामल चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ ।
६ अर्ब ६३ करोड ६४ लाख रुपैयाँको मकै अर्जेन्टिना, भारत, थाइल्याण्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गरिएको छ भने धान तथा पोलिस गरेको चामल लगायत अन्य खाद्यान्न वस्तु ७ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बराबरको आयात भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



