
बिर्तामोड, १७ माघ । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि ‘स्वतन्त्र व्यवसायिक प्यानल’मा चार जना पदाधिकारीको नाम टुङ्गो लागेको छ ।
नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आबद्ध व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो । यसैगरी, व्यवसायी ओम प्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ ।

फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केहि व्यवसायीको नाम पनि चर्चामा छ । युवराज निरौला, लक्ष्मी प्रसाद सापकोटा, गोमा भट्टराई लगायतको नाम चर्चामा रहेको हो ।
स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवारहरु हिजो आज सदस्यता नविकरण तथा मतदातासंगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासंग भेटघाट तथा सदस्यता नविकरण गराउने काम भईरहेको व्यवसायी युवराज निरौलाले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



