झापा, २२ माघ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो ।
अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
उनीहरूमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको बर्नामाले रिपोर्टले जनाएको छ । खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिनेछ । आजको राजधानी दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।