
अर्जुनधारा, ६ फागुन । झापाको अर्जुनधारा नगरपालिकाले आइतवार ९आज० नगर सभाको चौधौं नियमित अधिवेशन शुरु भएको छ ।
अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामामा भएको कार्यक्रममा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरकासमेत आतिथ्य रहेको थियो ।

नगर सभामा चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम अर्धबार्षिक समिक्षा तथा आय व्ययको संसोधित अनुमान, आवधिक नगर बिकास योजना र मेलमिलापकर्ताहरु सम्बन्धी प्रस्ताप पेश गरिएको थियो । कार्यक्रममा नगरकी उपप्रमुख खड्गमाया पराजुलीले आर्थिक वर्ष २०८०र०८१ को संशोधित आय र व्ययको अनुमान पेश गरेकी थिइन् ।
नगरपालिकाको तेह्रो नियमित अधिवेशनबाट चालु आर्थिक बर्षका लागि ७६ करोड २२ लाख ८० हजार बराबरको वार्षिक बजेट पारित थियो ।
नगर उपप्रमुख पराजुलीले संशोधित आय ब्यय अन्तरगत नेपाल सरकारबाट प्राप्त हुने सशर्त कार्यक्रमतर्फ ५५ लाख ५० हजार, स्थानीय राजश्व बाँडफाँड बापत ४ करोड १८ लाख ३१ हजार, प्रदेश सरकार सशर्त कार्यक्रमतर्फ ५ लाख ३७ हजार तथा अ।ल्या रकम बाँडफाँड तर्फ ८ करोड ४२ लाख ७२ हजार ८९४ रुपैयाँ थप आय प्राप्त हुने भएकाले कुल ८९ करोड ४४ लाख ७० हजार ८९४ रुपैयाँको वार्षिक बजेट कायम गर्न पेश गरेकी छिन् ।
नगर प्रमुख पराजुलीले भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, चुनौतीसमेत प्रस्तुत गरेकी थिइन् ।
वडा नम्बर ६ का वडाध्यक्ष हरिश बास्तोला र कार्यपालिका सदस्य चन्द्रमाया तामाङले बिषयगत आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, नगरका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



