
बिर्तामोड, १६ फागुन । पूर्वको व्यापारिक केन्द्र बिर्तामोडस्थित बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर विजयी भएका हुन । उनका निकटम् प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत प्राप्त गरेका छन् ।
१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले जीत निकालेको छ ।
बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) १८२६ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीव घिमिरे १७८१ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा बिशाल थापा २१०३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी ओमप्रकाश श्रेष्ठले १४७३ मत पाएका छन् ।
बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का १९२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी गंगाप्रसाद मैनाली १६१९ मत पाएका छन् । जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई १८१६ मतका साथ निर्वाचित भएकी छिन् भने उनका प्रतिस्पर्धी राधिका चुडाल हुमागाई १७५१ मत पाएका छिन् ।
महासचिवमा कुशल खतिवडा २११९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण पौडेल १४९४ मत ल्याएका छन् । उद्योग सचिवमा पुकार बराल १९९५ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी बलबहादुर लिम्बु (बिशन) १५७१ मत ल्याएका छन् ।
बाणिज्य सचिवमा राजकुमार साह १८५५ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद चापागाई १७१६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा युवराज निरौला १८८६ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी दिपक मित्तल १६११ मत पाएका छन् । सह–कोषाध्यक्षमा तिलोतम खत्री १८२७ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनका प्रतिस्पर्धी निशा सोनी कर्ण १६३५ मत ल्याएका छन् ।
त्यसैगरी सदस्यमा अनन्तलाल महतो १७६३, कृष्णप्रसाद बजगाई १६६८, केदार खनाल १५४५, डिल्लीराम कोइराला १५६१, दिनेश श्रेष्ठ निर्वाचित १६७२, रमेश घिमिरे १८०१, सत्रुघनप्रसाद गुप्ता १५२०, शशिलाकुमारी कार्की १७५७ र सुश्मा उप्रेती सुवेदी १६९५ मतका साथ निर्वाचित भएका छन् । १९ पदका लागि एक स्वतन्त्रसहित ३९ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



