
झापा, २८ फागुन । झापा गाउँपालिका–७ स्थित मदरगाछ बजारमा जारी ‘मदरगाछ सांस्कृतिक तथा व्यापार मेला २०८०’ मा अवलोकनकर्ता बढ्दै गएका छन् ।
दीपज्योती युवा क्लब र जेएस फिल्म प्रोडक्शन काठमाडौंको संयुक्त आयोजनामा गत फागुन २५ आगामी चैत ६ गतेसम्म मेला हुँदैछ । स्थानीय उत्पादनको प्रवर्धन र मदरगाछ बजारलाई चिनाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्था युवा क्लबका अध्यक्ष डिल्लीराम चुँडालले बताउनुभयो ।
मेलामा स्थानीय उत्पादनसहित विभिन्न स्टल रहेको मेला आयोजक समितिका संयोजक तारावीर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि मनोरजानत्मक सामग्रीका स्टल, व्यावसायिक स्टल र कृषि सामग्रीका स्टलहरु रहेका छन् ।
मेलामा करिब दर्जन बढी ख्यातीप्राप्त कलाकारहरूको दैनिक प्रस्तुती भइरहेको आयोजक क्लबका सचिव बासुदेव दाहालले बताउनुभयो ।
सुरेश धिमाल अन्तरा वेण्ड र सिदान्त एण्ड दी वेण्डको संयोजनमा जारी मेलामा ज्योती मगर, प्रिति आले, शान्तिश्री परियार, प्रमोद खरेल, शिव परियार, तारावीर पाण्डे, एलिना चौहान, टिका प्रसाई, सुवास महत, फुलन्देको आमा लगायतका गायक तथा कलाकारसहित स्थानीय कलाकारको समेत अझै प्रस्तुती रहने संयोजक पाण्डेले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



