
देवेन्द्र किशोर ढुङगाना
फुर्सत छैन कसैलाई
कसैका लागि आजकल
बेशर्म छ दुनियाँ बढ़ी
घातक छ आजकल
मतलबि छ दुनियाँ
कहाँ छ यहाँ उसूल जो,
कागति चूसेर फ़्याके झै
मिल्काई दिन्छन आजकल
शान निकाल्नको फुर्सत
कसैलाई छ अधिक ,
मिलन पछि बिछोड़को पीड़ाले
गर्यो किनारा आजकल
कसैलाई पाउनु भाग्य ठान्ने
चलन छ संसारमा ,
त्यही भावले नै फुर्सत
निकाले आजकल
अहंमको नशामा हरेक
भई रहे छ बेसुर ,
मान्यजनलाई आदर गर्ने
फुर्सत छैन आजकल
खायो जुन थालीमा
उसैमा गरे छेद बेशर्म,
फुर्सत छैन मानिसलाई
इज्जतको डर आजकल
असली मुहार आफ्नै
पहिचान गर्न छैन फर्सत,
भूलेर बसेका छन कोही
अस्तित्व आफ्नो आजकल
“सोच हरेक मनिसले कहिले
मार खान्छन पल्टेर ,
फुर्सत छैन कसैको पनि
अरुको लागि आजकल l
भद्रपुर, झापा
Facebook Comments Box


