
देवेन्द्र किशोर ढुङगाना
तिमी नारी हौ, तिमी नारी हौ,
तिमी नारी हौ, तिमी नारी हौ।
सृष्टिको तिमी अनुपम भेट हौ
स्वयं तिमी ईश्वरको न्यारी हौ ।
कहिले राधा, कहिले मीरा
कहिले दिल की रानी हौ
कहिले कालीको रूप हौ
कहिले धारिलो हतियार हौ ।
शक्ति नै नारीको पहिचान हो
कहिलै कमजोर न मान्नु है
दन्दनी बलेको तिमी अग्नि हौ
प्रेम की साक्षात तिमी मूर्ति हौ ।
कहिले आमा , कहिले पत्नी
कहिले छोरी कहिले बहिनी
प्रेमलाई हरेक रूपमा बाडनु
प्रेम की तिमी हौ पुजारिनी ।
सृष्टि की तिमी सृजन कर्ता
समयसंग बहने तिमी सरिता
चंद्रमणि दुष्टतामा तिमी
हुने नै छ हरपल भारी ।
भद्रपुर, झापा
Facebook Comments Box


