बिर्तामोड, २४ चैत । बिर्तामोड १० नं वडा खेलकुद विकास समितिको आयोजनामा जारी चौथो वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा तेलकानी–हाम्रो तेलकानी–सिद्धिबिनायक टोल विजयी भएको छ ।
सैनिकं भूपू सैनिक टोललाई ३–२ को गोल अन्तरले पाखा लगाउँदै तेलकानी ंहाम्रो तेलकानी–सिद्धिविनायक टोल फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै दुवै टिमका खेलाडीले पटक–पटक गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन् । पहिलो हाफको १४ औ मिनेटमा तेलकानींहाम्रो तेलकानी ं सिद्धिविनायक टोलका तर्फबाट जर्सी नं ११ का विशाल हेमरमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफकै २९ औ मिनेटमा जर्सी नं ८ का विक्रम लिम्बूले थप १ गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । तर सैनिक ं भूपू सैनिकको तर्फबाट जर्सी नं २८ का सुजन लिम्बूले १ गोल फर्काएर २ – १ को स्थिति बनाए । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका हुन् ।
त्यस्तै दोस्रो हाफको ८ औं मिनेटमा तेलकानी- हाम्रो तेलकानी-सिद्धिविनायकका जर्सी नं १७ का विजय कार्कीले गोल गर्दै ३ –१ को स्थिति बनाए । त्यस्तै खेलमा भूपू सैनिकलाई दबाबमा राखेपनि दोस्रो हाफको २३ औ मिनेटमा जर्सी नं १७ सौरभ लिम्बूले गोल गर्दै ३ –२ को स्थिति बनाए । त्यसपछि भने खेलको निधारित समयसम्म थप गोल नभएपछि सिद्धिविनायकले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नं १७ का विजय कार्की घोषित भए ।फाईनल खेल आइतबार २५ गते उदयरत्न ंतोरीबारी ं शिवालयं भिमसन टोल र तेलकानी ं हाम्रो तेलकानी ं सिद्धिविनायक टोलबीच हुने आयोजक १० नं वडा खेलकुद विकास समितिका सचिव नरेन तामाङले जानकारी दिए ।
वितामोड १० वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, विर्तामोड वडा ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वा, लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विदेशी पर्यटक अमेरीकी नागरिक मिस पच्ची, मिस्ट निको, मिस्टर ज्वेल, मिस्टर लुकमिस, अस्ट्रेलियन नागरिक सिलस, बिर्तामोड–१० वडा सदस्य– पृथ्वी बहादुर बस्नेत, १० का वडा सदस्य धन माया श्रेष्ठ, बिर्तामोड–३ वडा खेलकुद विकास समितिका अध्यक्ष अनिस सुवेदी, बिर्तामोड वडा–१० न्यायिक समिति सदस्य प्रेम पौडेल लगायतको आतिथ्य रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।