
झापा, २४ चैत । वैदेशिक रोजगारीको सिलसिलामा पछिल्लो आठ महिनामा झापाबाट ८ महिनामा २२ हजार ३ सय ९८ जना विदेशिएका छन् ।
चालूआर्थिक वर्षको फागुन मसान्तसम्म ४ हजार ४ सय ८५ महिला र १७ हजार ९ सय १३ पुरुष श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन सामीले जनाएको छ । तथ्यांकगत हिसाबले हेर्ने हो भने कोशी प्रदेशमा रोजगारका लागि विदेशिनेहरुमा झापा पहिलो स्थानमा पर्छ । झापामा अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा ५ हजार ८५१ महिला र २७ हजार ६ सय १९ गरी ३३ हजार ५ सय ७० जना श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



