झापा, ५ बैशाख । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका ताप्लेजुङ फक्ताङलुङ–५ का २५ वर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को ३५प ५५३४ नम्वरको मोटरसाइकल चालक कोशी गाउँपालिका–१ का २३ वर्षीय सुभाष कुमार यादवलाई २८ ग्राम ब्राउनसुगर सहित र प्रदेश १–०२–०४७ प ४७६७ नम्बरको मोटरसाइकलमा सवार रहेका रामधुनी–३ का सबिन चौधरी, कोशी गाउँपालिका–१ का १९ वर्षीय रन्जनकुमार यादवलाई १ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।