
झापा, ७ बैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन् ।
नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि आजै आयोजक ओमान र हङ्कङबीच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच आइतबार फाइनल खेल खेलिने छ । त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ ।
Facebook Comments Box

