
झापा, १० बैशाख । म्यानचेस्टर युनाइटेडले पेनाल्टी सुटआउटमा च्याम्पियनसीप टोली कोभेन्ट्रीलाई हराएर एफए कपको फाइनलमा प्रवेश गरेको छ । टोली पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी बन्यो ।
दुवै टिमले समान ३–३ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । युनाइटेडका कासेमिरो पहिलो पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, अन्द्रे ओनानाले कोभेन्ट्रीका कालम ओहेर र कप्तान बेन सिफको गोल रोक्दै युनाइटेडलाई लज्जास्पद हारबाट जोगाए । उपाधिका लागि युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्नुपर्नेछ ।

Facebook Comments Box


