
बितामोड, १५ बैशाख । झापाको बिर्तामोडमा इन्टरनेशनल व्युटीपालर ट्रेनिङ एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ।
काठमाडौँमा मुख्य कार्यालय रहेको सेन्टरको झापाको बिर्तामोडमा पहिलो पटक ११औ शाखा सञ्चालनमा आएको हो । शाखाको प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, इन्टरनेशनल व्युटीपालर ट्रेनिङ एण्ड सर्भिस सेन्टर काठमाडौंकी सीइओ पुनम लामिछाने, जिल्ला सहकारी संघका सदस्य कृष्ण पौडेल लगायतले संयुक्त रूपमा उद्घाट गर्नुभएको थियो ।

ट्रेनिङ सेन्टरबाट बेसिक, एड्मान्स, फूल व्यूटीसियन लगायतका कोर्ष अध्यापन हुने ट्रेनिङ सेन्टरकी सञ्चालक सुमित्रा पनेरु (सुमी) ले जानकारी दिनुभयो । विदेश जानेका लागि एक महिने विशेष कोर्ष सञ्चालन हुने उहाँले बताउनुभयो । १५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको सेन्टरमा सञ्चालिका सुमी र पुष्पा थनेटले प्रशिक्षण दिने जनाइएको छ ।
सीटीइभिटीबाट मान्यता प्राप्त सेन्टरमा फुल मेकअप हुनुका साथै हाइड्रा, आइ ल्याबसेस एक्सटेन्सन, नेलजेल लगायतका सेवा उपलब्ध हुनेछ भने सिरम, क्रिम, स्किन केयरका सामान पाइने सञ्चालिका सुमीले बताउनुभयो ।
कार्यक्रममा धौलागिरी पारिजात सहकारीका व्यवस्थापक मोहनप्रसाद पनेरु, बिर्तामोड उद्योग बाणिज्य संघका सह–कोषाध्यक्ष तिलोतमा खत्री, महिला उद्यमी संघकी उपाध्यक्ष यशोदा उप्रेती, व्यवसायी सुमित्रा भट्टराई, राधिका चुडाल, तुलसा ढकाल लगायतको आतिथ्य रहेको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



