
झापा, २१ बैशाख । नेपालमा गत चार महिनामा चार लाख पर्यटक भित्रिएका छन् । यो आंकडालाई हेरेर नेपाल पर्यटन बोर्डले यो वर्ष १३ देखि १४ लाख पर्यटक भित्रिन अनुमान गरेको छ । यही दर रहने हो भने सन् २०२४ धेरै पर्यटक भित्रिने वर्ष बन्ने र्यटन बोर्डको भनाइ छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रले सबैभन्दा बढी योगदान दिने उल्लेख गरेको छ। कार्यालयका अनुसार कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धिजस्ता कारणले चालू आर्थिक वर्षमा यस क्षेत्रको मूल्यअभिवृद्धिमा उल्लेख्य सुधार हुने आकलन छ।
राष्ट्र बैंकका अनुसार पछिल्लो ८ महिनाको तथ्यांकअनुसार पर्यटकको आवगमन बढ्दा सेवा खाताअन्तर्गत भ्रमण आय ४२.१ प्रतिशतले वृद्धि भएको छ। ८ महिनामा ५१ अर्ब ३९ करोड भ्रमण आयबाट आम्दानी भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३६ अर्ब १६ करोड रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



