
फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरामा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले संकलित भेटी बैंकमा दाखिला गरिएको बताए ।
समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



