
झापा, ३१ असार। नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको छ।
निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए अनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने पनि निगमले जनाएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



