
बनियानी, १ साउन । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ को वित्तीय प्रगति सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षमा ६५ करोड २४ लाख ६६ हजार ९८७ कुल आय प्रस्तावित गरिएको थियो । तर, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने निकासा एवं आन्तरिक श्रोत अपेक्षाकृत रुपमा प्राप्त नहुँदा वास्तविक आय ५४ करोड ४ लाख ६० हजार १८ रुपैयाँ प्राप्त भएको थियो ।
आयको अनुपातमा कुल व्यय ५२ करोड १९ लाख ६२ हजार २७८ रुपैयाँ भएको छ। यसरी कुल आयको अनुपातमा जम्मा खर्च प्रगति ९६.५८ प्रतिशत रहेको छ।
गाउँपालिकाले आयोजना तथा कार्यक्रमहरुको व्यवस्थापन, संचालन तथा सम्पन्न गर्न सहयोग पुर्याएका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उपभोक्ता समिति, निर्माण व्यवसायी, राजनीतिकर्मी, स्थानीयबासी तथा विभिन्न सरकारी, गैर(सरकारी संघ संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, आगामी दिनहरुमा समेत रचनात्मक सहयोगको अपेक्षा गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



