
भद्रपुर, २ साउन । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०÷०८१मा रु. ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ ।
३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । आव २०८०÷०८१मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट शुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । गत आव २०७९÷०८०को तुलनामा रु. २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ– उनले भने । गत आवमा रु. ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजश्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८०÷०८१मा सेवा करवापत रु. सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेशन दस्तुरबाट रु. ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटवापत रु. छ करोड २७ लाख ८७ हजार छ सय १२, डोर सुविधा शुल्क रु. एक लाख ८९ हजार, पुँजीगत लाभकर रु ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कवापत रु. एक लाख १७ हजार नौ सय छ राजश्व सङ्कलन गरिएको उनले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



