
झापा, १० साउन । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा निर्मल भट्टराईलाई मनोनित गरिएको छ ।
संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन गरिएको हो । आज बसेको संघको कार्यसमितिको बैठकले नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष एवम् निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई वाणिज्य संघको विशिष्ठ सदस्य पदमा मनोनित गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



