
देवेन्द्रकिशोर ढुङ्गाना
नेपाली भाषा हाम्रो गौरव हो।
नेपाली भाषाको स्थिति राम्रो छ।
नेपाली भाषाको लागि प्रेम बढाऔ ।
संसारभर नेपाली भाषा फैलाऔ ।
नेपालले नेपाली भाषा जान्यो ।
नेपाली भाषाले नेपाललाई स्वीकारो
नेपाली भाषालाई राष्ट्रभाषा बनायो ।
नेपालीभाषाले राष्ट्रलाई विश्वमा चिनायो।
नेपाली भाषा हर पल मेरो साथमा छ।
उनी यति सरल बोल्छिन् ।
मायाले मन पग्लिन्छ।
कागजमा कसरी लेख्ने ?
यसमा सबै कुरा उपलब्ध छ।
रामायण, महाभारत पनि आउँछ।
यसमा वेद र पुराण पनि पाइन्छ ।
सम्पूर्ण संस्कृति मनपर्छ।
नेपाली भाषाको पहिचान बनाऔ ।
हामी यसलाई संसारमा फैलाऔ ।
हामी संस्कृतिको प्रवद्र्धन गर्छौ ।
आफ्नो भाषाबाट भेदभाव हटाऔ ।
कति सुन्दर लाग्छ जिन्दगी ।
मलाई मनमा मीठो लाग्छ।
नेपाली भाषा अपनाएर नेपाल ।
हाम्रो नेपाल सुन्दर शान्त बिशाल ।
भद्रपुर, झापा


