
झापा, ८ कात्तिक । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो।
नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे। अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटान खेल्ने भएका छन्।
Facebook Comments Box


