
झापा, १४ कात्तिक । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल फेरि एक पटक उपाधिको नजिक पुगेर चुकेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग १–२ गोलले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो ।

Facebook Comments Box
