
बैंकक (एजेन्सी) । थाइल्यान्डमा एक वृद्ध महिलाले आफ्नै घरभित्र जेलको कोठा बनाएकी छिन् । लागू पदार्थको दुर्व्यसनी र जुवाडे छोराबाट आफूलाई बचाउन महिलाले यस्तो उपाय अपनाएकी हुन् ।
२० वर्षसम्म दुर्व्यसनीमा फँसेको छोराले के गर्ला भन्ने भयमा बाँचेकी थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वर्षकी महिलाले आफू र आफ्नो छिमेकीलाई जोगाउन कसैले नसोचेको उपाय अपनाएकी छिन् । हालै मात्र महिलाले ठेकेदारलाई ४२ वर्षीय छोरा आक्रामक बनेपछि थुन्नका लागि भनेर घरभित्र जेलको कोठा बनाउन लगाइन् । वर्षौदेखि आफूले छोरालाई बचाउनका लागि सकेको सबै गरेको पनि महिलाले प्रहरीलाई भनेकी छिन् ।
Facebook Comments Box


