
कनकाई, १८ माघ । झापाको कनकाई नगरपालिमा जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो विधामा फक्तालुङ एजुकेशन फाउण्डेशन दुर्गापुर समूह विजेता बनेको छ ।
चार स्वर्ण पदक र दुई रजत पदक गरी छ पदकसहित फक्तालुङ समूह विजेता बनेको हो । त्यस्तै, कराँतेतर्फ पनि एक स्वर्ण र एक रजत पदक जितेको फक्तालुङ एजुकेशन फाउण्डेशन प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो ।
तेक्वान्दोतर्फ फक्तालुङ डोजाङका पान्जुम लिम्बू, युनिक कट्टेल, मल्लिका लिम्बू र अपेक्षा लिम्बू स्वर्ण पदक प्राप्त गर्नुभएको थियो भने भावना उप्रेती र विराज खनालले रजत पदक प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, कराँतेतर्फ शिद्धी भण्डारीले स्वर्ण र विकिशा प्रधानले रजत पदक जित्नुभएको छ ।

उता, एनप्याब्सन झापाद्वारा आयोजित कक्षा–११ र १२ को जिल्लास्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फ द्वितीय र छात्रातर्फ पनि द्वितीय भएको छ ।



