
भारतको मेजा क्षेत्रमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन दुर्घटनामा परेका हुन् ।
प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा गएराति बस र जीप ठोक्किँदा भएको दुर्घटनामा १९ जना भक्तजन घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । ज्यान गुमाउनेहरु जीपका यात्रु रहेका प्रहरीको भनाइ छ । घाइते सबै बसमा रहेका यात्रु हुन् । बसमा यात्रा गर्ने भक्तजन मध्य प्रदेशको राजगढ जिल्लाका हुन् । दुर्घटनाको मुख्य कारण तीव्र गति हुन सक्ने अनुमान छ ।एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
