
झापा, ८ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्याउने योजनामा छ।
नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ। लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ।
Facebook Comments Box


