
दमक, ९ फागुन । टोल नगर हुँदै राष्ट्रसम्मको सामाजिक रूपान्तरणको निम्ति भन्ने उद्देश्यले स्थापना भएको सानो प्रयास युवा समाजले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना कालमा स्थापना भएको यस संस्थाले समाजमा विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको छ । संस्थाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष सेवा सुविधा दिनका निम्ति एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। समाजसेवा गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो । संस्थाले प्रत्येक महिना सरकारी स्कुलमा शैक्षिक सामग्री वितरण गर्ने जाडोमा न्यानो कपडा वितरण गर्ने लगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



