
कनकाई, ३ चैत । झापाको कनकाईमा भएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानले गर्दै आएको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काँकरभिट्टा महिला फुटबल टिमलाई ३—० गोलको अन्तरले पाखा लगाउँदै कनकाईले उपाधि चुमेको हो । उपाधिसँगै कनकाईले १ लाख १ हजार नगद सहित मेडल, ट्र««फी र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको काकरभिट्टा महिला फुटबल टिमले नगद ५१ हजार सहित मेडल, ट्र«फी र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा कनकाई महिला फुटबल टिमकी जेनिफर राना म्यान अफ द म्याच घोषित भइन् । प्रतियोगिता अवधिभर बेष्ट डिफेन्डरका रुपमा खुस्मा राई, बेष्ट मिड फिल्डर सन्जु राई, बेष्ट गोल किपर सुशीला चौधरी, सर्वाधिक गोल कर्ता समीक्षा मगर र सर्वोत्कृष्ट खेलाडी सिम्रन राई घोषित भए । सबै विधामा विधागत नगद पुरस्कार र मेडल प्रदान गरिएको छ ।
जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो । मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षता एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको समापन विशेष समारोहमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती, पुर्वअध्यक्षद्वय दुर्गा प्रसाईँ र दिननाथ खतिवडा, कनकाई २ का वडाअध्यक्ष बलराम राई, वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईं, वडा नं. ७ का वडाअध्यक्ष भिष्म सिटौला, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरी, प्रतिष्ठानका अन्य सल्लाहकारहरु शेरबहादुर थापा, नारायण पोखरेल, राजेन्द्र उप्रेती, ख्याम ओली लगायत स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको समेत सहभागिता रहेको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगर प्रमुख पोखरेल, कनकाई वडा नं. ४ का वडाअध्यक्ष रोशन सुवेदी, महिला नेतृ कविता बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । खेल संयोजक गीता खरेलले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।


