
विराटनगर, १५ वैशाख । मोरङको सुनवर्षी नगरपालिका-९ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
वैशाख १४ गते डाइनियाबाट सिक्टी तर्फ जाँदै गरेको BR 39 H 2956 नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका २० वर्षीय साहवन आलम गम्भिर घाइते भएकोमा मोरङको रंगेली अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
