झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ भदौ । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न भनेको हो । भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भएकाले त्यसो नगर्न ब्युरोले सचेत गराएको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि नेपाल बाहिरको लोकेसन प्रयोग गरेर भीपीएनमार्फत प्रयोगकर्ताहरू सक्रिय हुने देखेपछि ब्युरोले सचेत गराएको हो

Read More

कुमोद अधिकारीबिराटनगर, २१ भदौ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने स्पष्ट पार्नुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले दुईतिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने बताउनुभयो। देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गर्नुभयो। मन्त्रीहरूको कार्यसम्पादनबारे उठेका प्रश्नमा आफूलाई थाहा नभएको समेत उहाँले प्रतिक्रिया दिनुभयो। सामाजिक सञ्जालसम्बन्धी विवादबारे उहाँले सरकारले बन्द गर्न नभई अदालतको निर्णयअनुसार प्रक्रिया अनुसार दर्ता मात्र गराउन खोजेको स्पष्टिकरण दिनुभयो ।

Read More

काठमाडौँ, २१ भदौ। मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउनुहुन्छ । ‘सबै नीतिको माउ नीति राजनीति’ हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने, बनेका नीति–नियमलाई कार्यान्वयन गरी…

Read More

काठमाण्डौ, २१ भदौ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजेदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल र बङ्गलादेशबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो । अर्को खेल भदौ २४ गते मङ्गलवार हुनेछ । झन्डै दुई वर्षपछि घरेलु मैदान दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुन लागेको हो । रङ्गशाला खेल्न अयोग्य र असुरक्षित रहेको भन्दै फिफाका आधिकारिक प्रतियोगिता यो मैदानमा हुन सकेका छैनन् । लामो समयपछि घरेलु मैदानमा हुन लागेको खेललाई लिएर खेलाडीसँगै नेपाली फुटबलप्रेमीमा पनि उत्साह थपिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बङ्गलादेशसँग घरेलु मैदानमा…

Read More

झापा, २१ भदौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने…

Read More

झापा, २१ भदौ । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका…

Read More

झापा, २१ भदौ । आज (शनिबार) दिउँसो तथा राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। आज राति कोसी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) तथा बाँकी स्थानमा आंशिक बदली (आकाशमा पातलो बादल) रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

Read More

सन्तोष शर्माकनकाई, २० भदौ । झापाको कनकाई नगरपालिकाको न्यायिक समितिले शतप्रतिशत मुद्दा फस्र्योट गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा दर्ता भएका शतप्रतिशत मुद्दा फस्र्योट गरिएको नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटीले जानकारी दिनुभयो । न्यायिक समितिमा विभिन्न सात प्रकारका १७ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ बाट सरेर आएको ५ वटा गरी २२ वटा मुद्दा रहेको थियो । ती सबै मुद्दा फस्र्योट भएको उपप्रमुख शर्माले बताउनुभयो । नगरमा दर्ता भएका मुद्दाहरूमध्ये धेरै लेनदेन सम्बन्धीको छ । विगत तीन वर्षमा ७२ वटा मुद्दा दर्ता भएकोमा ३१ वटा लेनदेन सम्बन्धी रहेको छ भने…

Read More

झापा, २० भदौ । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ स्थित फुटानी चोकमा रहेको महेन्द्र राजवंशीको किराना पसलमा भएको चोरी घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते राति करिब ११ः४५ बजे पसलको ढोका र गल्लाको ताल्चा फोडी गल्लामा राखिएको नगद ५० हजार चोरी भएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलासको क्रममा बिहीबार साँझ ७ः०० बजे भद्रपुर नगरपालिका वडा नं. ६ मा बाटोमा हिँडिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. ६ का २४ वर्षीय सागर जैसवाल र २० वर्षीय दिनेश कामती रहेका…

Read More

अर्जुनधारा, २० भदौ । झापाको अर्जुनधारा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा रुपमा आउनु भएका अनोज घिमिरेलाई स्वागत गरिएको छ । सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत यहाँ झापाको अर्जुनधारामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनुभएको हो । उहाँलाई आज एक कार्यक्रमका बीच नगरपालिकामा स्वागत गरिएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली लागयतका जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई स्वागत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जनप्रतिनिधि, नगरका कर्मचारीहरुसँगको समन्वयमा समृद्ध नगर बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । यसैबीच, सोही कार्यक्रममा अर्जुनधारा नगरपालिकामा २५ महिना प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हाल्नुभएका तिलोचन रिमाललाई सम्मानसहित बिदाइ गरिएको छ…

Read More