झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, ६ असार । काठमाण्डौबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका–५ घर भई अहिले बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । लाजिम्पाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा ९क्रिप्टो०को कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तारालालको स्रोत नखुलेको २२ लाख रुपैयाँ, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख…

Read More

फुङलिङ, ६ असार । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ न्युरोडमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम २४० मिलिग्राम पदार्थ बरामद भएको छ । पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका –२ घर भई हाल फुङलिङ नगरपालिका –४ बस्दैआएका २३ वर्षीय सचिन लिम्बू साँवा र पाँचथरको हिलिहाङ गाउँपालिका –२ निवासी २१ वर्षीय रोशन लिम्बू रहेका छन् ।…

Read More

काठमाडौँ, ६ असार । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ । मन्त्रालयका अनुसार ब्लु…

Read More

झापा, ६ असार । फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन । यस जितसँगै समूह ‘डि’ मा रहेको पाराग्वेले शीर्ष…

Read More

गाईघाट, ६ असार । उदयपुरको उदयपुरगढी गाउपालिका–७, अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ। महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको बा. २ ख. ६४६८ नम्बरको दिप इङलिस एकेडमी बोर्डिङ गौशाला नपा–२ महोत्तरीको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३१ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बर्दिवासका ६५ वर्षीय विमलेस दत्तको मृत्यु भएको छ । घाइतेहरूमा गौशाला–२ कि ३८ वर्षीया रसिलाकुमारी चौधरी र उहाँको छोरा १२ वर्ष को सन्देशकुमार चौधरी, ४५ वर्षको जितनप्रसाद यादव र निजको श्रीमती ३८ वर्षीया पिङ्की यादव हुनुहुन्छ। यसैगरी घाइते हुनेहरूमा वर्ष २४ कि किनितु…

Read More

झापा, ३१ जेठ । झापाको दमक नगरपालिकामा प्रतिबन्धित लागुऔषध बिक्री–वितरणमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार आज बिहान दमक नगरपालिका–४ अडियामल टोल निवासी ४२ वर्षीया रिता तामाङले लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा तामाङ सुत्ने कोठाको टेबलमुनि रहेको झोलाभित्रबाट Tramadol Hydrochloride Capsules IP Tramol-50 लेखिएको ३७ पत्तामा रहेका ३७० क्याप्सुल तथा Dicyclomine Hydrochloride Tablets IP SPASMID लेखिएको ५६ पत्तामा रहेका ५६० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित तामाङलाई नियन्त्रणमा लिई…

Read More

बिर्तामोड, २४ जेठ । बिर्तामोड नगरपालिकाले नगरका दुई जना उत्कृष्ट गणित शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ। नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट औसत सिकाइ उपलब्धि हासिल गराउन सफल शिक्षकलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा सामुदायिक विद्यालयतर्फ वडा नम्बर २ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक चुडामणी पौडेल र संस्थागत तर्फ वडा नम्बर ७ को कञ्चन अंग्रेजी बोर्डिङ स्कूलका शिक्षक सागर कोईराला हुनुहुन्छ। शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार कक्षा ८ को परीक्षामा साङ्गवेद संस्कृत माविले औसत स्तरीकृत अंक ३.२५ र कञ्चन बोर्डिङले ३.६२ हासिल गरेका थिए। नगरपालिकामा आयोजित ‘शैक्षिक सत्र २०८३…

Read More

झापा, २३ जेठ । झापाको मेचीनगरमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको फर्सीको बिया प्रहरीले बरामद गरेको छ । शुक्रबार साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–७ गैरीगाउँ क्षेत्रमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको फर्सीको बिया बरामद गरेको हो । प्रहरीका अनुसार १६० केजी फर्सीको बियाको अनुमानित मूल्य रु १ लाख २८ हजार रहेको छ। बरामद गरिएको सामान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २३ जेठ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। शुक्रबार साँझ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर नगरपालिका–१० निवासी ३२ वर्षीय सुरेन्द्र गुरुङलाई शंकाको आधारमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा गुरुङले बोकेको छाताको डन्टीभित्र प्लास्टिकको पोकोमा लुकाई–छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकबाहेक ३ ग्राम १२० मिलिग्राम रहेको छ । लागुऔषधसहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, २२ जेठ । भद्रपुर नगरपालिका–५ नयाँबजारस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी बिर्तामोड नगरपालिका–३ बिर्ताबजार बस्ने २२ वर्षीया पुष्पा परियारलाई शंकाको आधारमा नियन्त्रणमा लिएर जाँच गरेको थियो। जाँचका क्रममा परियारले पेटमा प्लास्टिकको पोकोभित्र लुकाइछिपाइ राखेको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकबाहेक २ ग्राम २०० मिलिग्राम रहेको छ। पक्राउ परेकी परियारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More