
झापा, २३ जेठ । झापाको मेचीनगरमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको फर्सीको बिया प्रहरीले बरामद गरेको छ ।
शुक्रबार साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–७ गैरीगाउँ क्षेत्रमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको फर्सीको बिया बरामद गरेको हो ।
प्रहरीका अनुसार १६० केजी फर्सीको बियाको अनुमानित मूल्य रु १ लाख २८ हजार रहेको छ। बरामद गरिएको सामान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


