
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ भदौ । झापाको कचनकवल गाउँपालिका–२ रतिबारीमा खाल्डोमा डुबेर आज एक महिलाको मृत्यु भएको छ । माटो निकाल्न खनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ४६ वर्षीया उजारु राजवंशीको ज्यान गएको हो । मृतक उजारु राजवंशी उखारू राजवंशीकी श्रीमती हुन् । उनी आफ्नो घरदेखि करिब १५० मिटर पश्चिमतर्फ झारु राजवंशीको खेतमा पुगेकी थिइन्, जहाँ माटो निकालिएको खाल्डोमा पानी जमेको थियो । साँझ करिब ५ बजे स्थानीयले उनलाई डुबेको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर कानूनी प्रक्रिया पूरा गरेको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको…
झापा, १५ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उहाँले कोलकताबाट आयात गरिएको मल साता–दश दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताउनुभयो । अब मलको हाहाकार नहुने बताउँदै उहाँले किसानलाई आश्वस्त पार्नुभयो । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताउनुभयो ।
इटहरी, १५ भदौ । संस्था दर्ता ऐन २०३४ अन्तरगत दर्ता भएका सामाजिक संस्थाहरुबीच एकीकरण गर्न कानुनी जटिलता खेपिरहेका काफ्ले बन्धुहरुले तीन वटा संस्थाबीच कार्यगत एकता गरी सामुहिक उपस्थिति जनाउने निश्कर्षमा पुगेका छन् । हिजो शनिबार मोरङ्गको सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ बलियास्थित नयाँ बृन्दावन गौशालामा भएको कार्यगत एकता घोषणा सभा पछि तीनवटै संस्थाहरुले काफ्ले बन्धु समाज नेपालको एउटै नामबाट कार्यक्रमहरु सञ्चालन गर्ने भएका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काफ्ले समाज, मोरङ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काफ्ले बन्धु कल्याण समिति नेपाल र सुनसरी जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको काफ्ले बन्धु समाजका बीचमा कार्यगत एकता भएको हो ।…
झापा, १५ भदौ । कृषि ज्ञान केन्द्र झापाले कस्टम हायरिङ सेन्टरहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । कार्यालयले भदौ ९ गते एक सूचना जारी गरी चालू आर्थिक वर्ष २०८२/८३ का लागि सूचीकृत हुन आह्वान गरेको हो । चालु आर्थिकको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि प्रसार कार्यक्रम सञ्चालन नमर्स (पहिलो संशोधन) २०८० अनुसार कस्टम हायरिङ सेन्टर मार्फत यान्त्रिकरण प्रवर्धन कार्यक्रम र प्रविधि प्रदर्शन कार्यक्रमका लागि आवश्यक पर्ने मेसिनरी/औजार सेवाका लागि जिल्लामा स्थापना भई सञ्चालनमा रहेका इच्छुक कस्टम हायरिङ सेन्टरहरुलाई सूचिकृत हुन आह्वान गरिएको कार्यालयका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो । आवश्यक कागजातसहित २१ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरिएको उहाँले बताउनुभयो…
झापा, १५ भदौ । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कुल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् । बाढीका…
झापा, १५ भदौ । दसैँका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जाकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ । त्यसैगरी राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ ।
बैतडी, १५ भदौ । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला ९आँगन०मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न) ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने…
झापा, १५ भदौ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २४ गते बुधबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ । प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति,…
झापा, १५ भदौ । झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीस्थित दिवाकर फर्मबाट प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। शनिबार साँझ लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले दिवाकर फर्ममा छापा मार्दा ट्रामाडोल ३०० पत्ता (३००० क्याप्सुल) र Pregex-75 लेखिएको ३० पत्ता (३०० क्याप्सुल) बरामद गरेको हो । उक्त फर्म सञ्चालक ३८ वर्षीय किरण राजवंशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, बरामद औषधिहरू प्रतिबन्धित सूचीमा पर्ने लागु औषध हुन्, जसको खुला बिक्री वितरण कानुनविपरीत हो । प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको छ भने…
झापा, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका केही स्थान र बाँकी पहाड र…