
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ भदौ । मानव बेचबिखनविरुद्ध पूर्वीनाकामा सक्रिय माइती नेपालले एक वर्षमा हराएकामध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । आर्थिक वर्ष २०८१–८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो । माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला पारिएको जानकारी दिए । उनका अनुसार दुई जना नेपालभित्रै फेला परेका हुन् । पूर्वीनाका काँकडभिट्टामा निगरानी गर्दै आएको माइती नेपालले मानव बेचबिखनको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । आव २०८०–८१ मा ६२ हराएको निवेदन आएकामा १६…
झापा, १४ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा चेल्सी र फुलहम खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुने छ । यस्तै पौने ८ बजे उल्भ्स र एभर्टन, टोटनह्याम र बर्नमाउथ, म्यानचेस्टर युनाइटेड र बर्नली तथा सन्डरल्याण्ड र ब्रेन्टफर्ड खेल्दैछन् । यस्तै राति सवा १० बजे लिड्स युनाइटेड र न्युक्यासल बीच खेल हुनेछ ।
१. नियमित शारीरिक व्यायाम गरौँ – मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ । २. मानसिक तनाव कम गराऔँ – तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ । ३. सुर्तीजन्यरमदिराजन्य पदार्थ नखाऔँ – सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको…
वाशिङ्टन, १४ भदौ । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो । हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको छ । यसले ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्ने समय दिएको छ । सन् २०२५ को जनवरीमा दोहोरिएको राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन ९आइइपीए० को प्रयोग गर्दै अधिकांश व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार शुल्क लगाएका थिए । ती शुल्कको…
कैलाली, १४ भदौ । धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट एक होटल सञ्चालक पाँच किलो भन्दा धेरै चरेशसहित पक्राउ परेका छन् । पाँच किलो छ सय ९० ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका–८ घर भइ धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका राम बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । होटलमा शङ्का लागि चेक गर्दा चरेश फेला परेको र पक्राउ परेका बोहरालाई आवश्यक कारबाहीको प्रकृया थालिएको उहाँले जानकारी दिनुभयो ।रासस
विराटनगर, १४ भदौ। सुनसरी र भोजपुरबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते भोजपुरको भोजपुर नगरपालिका– ९ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को. ११ प ७६६८ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको १५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर फेला पारी मोटरसाईकल चालक भोजपुर–१२ का ३० बर्षीय रिजन श्रेष्ठ र मोटरसाईकल पछाडी सवार टेम्केमैयुङ गाउँपालिका– २ का २८ बर्षीय सनुप राईलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका– ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय…
झापा, १४ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन…
झापा, १४ भदौ । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा रहेको ग्रिन पार्क स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृतक ३३ वर्षीय प्रकाश प्रसाई बिर्तामोड–३ निवासी हुन् । उनी आफ्ना साथी केशव शिवाकोटी (बिर्तामोड–१०) सँग पौडी खेल्न पार्क गएका थिए । दिउँसो ३ बजे घटना भएको भए पनि स्वीमिङ पुल सञ्चालक जीवन ढुंगानाले राति ८ बजे इलाका प्रहरी कार्यालय अनारमनिमा जानकारी गराएका थिए । जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
झापा, १४ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिर्तामोड, १३ भदौ । झापाको बिर्तामोडमा पहिलो पटक अन्तर डोजो कराँते च्याम्पियनसीप आयोजना हुने भएको छ। भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीको आयोजनामा प्रतियोगिता आगामी भदौ २० गते एकेडेमी परिसरमै सञ्चालन गरिनेछ। प्रतियोगिताबारे जानकारी दिन आज (शुक्रवार) एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सूर्यबहादुर थापाले खेलकूदको विकास र युवा प्रतिभाको पहिचानलाई प्राथमिकता दिँदै प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय युवा खेलाडीलाई राष्ट्रिय स्तरका प्रतियोगिताका लागि तयार पार्नु, कराँते खेलको प्रवर्द्धन गर्नु, स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउनु र खेलकूदको महत्वबारे जानकारी दिनु रहेको छ। प्रतियोगितामा १४ वर्षमुनिका ३५ केजीसम्मका समूहका ६४ जना खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता डब्लुकेएफ र एनकेएफको नियमअनुसार…