झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी,२२ श्रावण । झापाको शिवसताक्षीमा नेवा समुदायले क्वाटी तथा लाखे नाच साँस्कृतिक कार्यक्रम २०८२ गर्ने भएको छ । नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले आगामी श्रावण २४ गते शनिबार लाखे नाच तथा क्वाटी कार्यक्रमको आयोजना गरेको जनाएको छ । लाखे नाचसहित विभिन्न सास्कृतिक कार्यक्रम शिवसताक्षीको फुलबारी खेल मैदानमा हुने भएको हो । समुदायलाई एकतामा बाध्न साँस्कृतिक कार्यक्रमहरुले ठुलो भूमिका खेल्ने भएकाले पनि यस कार्यक्रमको आयोजना गरिएको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिका सचिव सचिन श्रेष्ठले बताए । उनले क्वाटी तथा लाखे नाच साँस्कृतिक कार्यक्रम २०८२ लाई सफल बनाउन संस्कृति प्रेमी, विभिन्न संघ संस्था, स्थानीय बासी, देश विदेशमा रहनु हुने दाजु…

Read More

झापा, २२ साउन । झापाको बिर्तामोड नगरपालिका–५ कंचन टोलस्थित एक घरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा राजेन्द्र पंथाकको घरमा खोजतलासी गर्दा लागूऔषध फेला पारेको हो। प्रहरीका अनुसार घरको भुइँतलाबाट माथिल्लो तलामा जाने सिँढीमुनिको खाली भागमा कागजको कार्टुनले छोपी लुकाइएको अवस्थामाTramol-50 (Tramadol Hydrochloride Capsules I.P.) लेखिएको २०,००० क्याप्सुल बरामद गरिएको हो। पक्राउ पर्ने व्यक्ति राजेन्द्र पंथाक, ४६ वर्ष, बिर्तामोड–५ निवासी हुन्। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

विराटनगर, २२ साउन । मोरङ, सुनसरी र उदयपुरबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेकोछ । साउन २१ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे–१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्कीसहित र प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका– ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ । त्यसै गरी प्रहरी चौकी पानबारी सुनसरीले धरान– ६ का २७ बर्षीय चेतनाथ खड्कालाई ट्रामाडोल ९४ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित र प्रहरी बिट आम्बासी उदयपुरले बेलका नगरपालिका– ३ का…

Read More

झापा, २२ साउन । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा आज बिहान आगलागी हुँदा एक जना बृद्धा गम्भीर घाइते भएकी छन् । आज बिहान करिब ७ः१५ बजेको आगलागीमा परी ताप्लेजुङ घर भई हाल कनकाई–३ सुरुङ्गाका ध्रुव श्रेष्ठको तीन तल्ले पक्की घरको दोस्रो तल्लाको एउटा कोठामा डेरा गरी बस्दै आएकी ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएकी हुन् । उक्त घरमा एक्लै बस्दै आएकी दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिकेज भई आगोलागी भएको थियो । उक्त आलगाीबाट दाहालको शरीरको विभिन्न भाग जलेको छ । उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गामा लगिएकोमा थप उपचारको लागी बीएण्डसी बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले…

Read More

झापा, २२ साउन । झापाको कमल गाउँपालिका–६ काटाचोकस्थित एक घरबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा घरधनी विष्णु प्रसाद बगालेको घरमा तलासी गर्दा प्रतिबन्धित औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६ थानारोड निवासी गंगा बहादुर खड्का रहेका छन् । खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक हुन् । बरामद औषधि विवरणTramol-50 (Tramadol Hydrochloride Capsules I.P.) — ३,००० क्याप्सुलDicyclomine Hydrochloride Tablets I.P. — २,११० ट्याबलेटSPASPAIN Tablets — २,०५० ट्याबलेट प्रहरीले दुबै व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट…

Read More

झापा, २२ साउन । तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार विद्यालय नगई बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार ती किशोरीहरूले ‘आफूहरूलाई खोज्न आवश्यक छैन’ भन्दै अभिभावकलाई सन्देश पठाएका छन् । सोमबार साँझसम्म पनि सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजीका लागि निवेदन दिएका थिए । उनीहरूको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको प्रहरीले जनाएको छ । यता, भानु नगरपालिका–४ राना गाउँबाट मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका…

Read More

झापा, २२ साउन । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । विपद्मा नागरिकको उद्धार तथा सहयोगका लागि उक्त बेस स्थापना गरी काम गर्दै आएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिनुभयो । कोशी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुङ्गाको हर्कपुर, मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरिया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको…

Read More

झापा, २२ साउन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए। उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका छन्। स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा छन्। भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए। भण्डारीको निधनले…

Read More

झापा, २२ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ । कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बदली…

Read More

झापा, २१ साउन । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नगरपालिकालाई ३० करोड २९ लाखभन्दा बढी हानी–नोक्सानी पुर्‍याएको भन्दै अदालतले थापासहित अन्य दुई जनालाई दोषी ठहर गरेको हो । उनीहरूको सजाय निर्धारणका लागि अदालतले साउन २९ गतेको मिति तोकेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा दोषी ठहर गरेको हो । उनीहरूले बागमती नगरपालिकाको मूल्य अभिबृद्धि करसहित कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० बराबरको नदीजन्य पदार्थमा…

Read More