झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती…

Read More

झापा, ६ भदौ । दक्षिण कोरिया पठाउँछु भनेर १ करोड ८ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ घर भएका ३८ वर्षीय साहारा सुव्वा थेवे छन् । काठमाडौँको नक्साल बस्दै आएका थेवेलाई ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनले ९ जना पीडितबाट १ करोड रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

Read More

झापा, ६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्नुभएको हो । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ । सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ । निर्देशिकाले एम्बुलेन्स सेवाबापत लाग्ने…

Read More

कञ्चनपुर, ६ भदौ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र होइन, दुर्लभ चराचुरुङ्गीको बासस्थानका रूपमा पनि विश्वमै चिनिन थालेको छ। हरिया फाँट, घना सालका वन र सिमसार क्षेत्रले सजिएको यो निकुञ्जमा हालसम्म ४६५ प्रजातिका चरा पहिचान गरिएका छन्, जसमध्ये १९ प्रजाति विश्वमै दुर्लभ मानिएका छन्। नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार खरमजुर, सुन गिद्ध, सेतो गिद्ध, डङ्गर गिद्ध, बोक्सी चिल, सुनौलो तोप चरा, राज लहाँचे, सेतो कण्ठे धिप्सी, सारस, सीमतित्रालगायत प्रजाति अति संकटापन्न अवस्थामा छन्। सुनौलो तोप चरा त शुक्लाफाँटामा मात्र पाइने प्रजाति हो। निकुञ्जमा गिद्धका आठ प्रजाति पाइन्छन्, जसमध्ये चार प्रजाति अन्तरराष्ट्रिय…

Read More

शिवसताक्षी, ६ भदौ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा झापाको शिवसताक्षी नगरपालिका–४ नयाँ बजारमा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको छ । शिवसताक्षी–४ को आयोजनामा भएको कार्यक्रममा महिलाहरूले गीत–नृत्य, खेलकुद तथा विभिन्न रमाइला गतिविधिमा सहभागी भएर उल्लासपूर्वक तीज मनाए । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नगरप्रमुख मेघाहाङ थोप्राले सम्पूर्ण महिलाहरूप्रति शुभकामना व्यक्त गर्दै तीज पछिल्ला वर्षहरूमा सामूहिक रूपमा मनाउन थालिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले घर–घरमा सीमित हुने परम्परा अब सामूहिक उत्सवमा परिणत भएसँगै यसले आपसी सम्बन्ध मजबुत बनाउन मद्दत गरेको बताउनुभयो । “सामूहिक तीजले एक–अर्काको दुःख–सुख साट्ने अवसर दिन्छ,” नगरप्रमुख थोप्राले भन्नुभयो । त्यस्तै, वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले…

Read More

झापा, ६ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू(भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज राति देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका…

Read More

कनकाई, ६ भदौ । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आगलागीबाट गम्भीर घाइते भएकी ८१ वर्षीया बाटुली माया दाहालको मृत्यु भएको छ । गत साउन २२ गते ताप्लेजुङ घर भई सुरुङ्गामा ध्रुव श्रेष्ठको तीनतले पक्की घरको दोस्रो तलामा डेरा गरी बस्दै आएकी दाहाल खाना पकाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई आगलागी हुँदा गम्भीर घाइते भएकी थिइन् । आज दाहालको घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आगोले शरीरका विभिन्न भागमा जलेरको उनलाई उपचारका लागि कनकाई नगर अस्पताल लगिएकोमा थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । अवस्था…

Read More

चारपाने, ५ भदौ । नेपाल दशनामी समाज बिर्तामोडले तीज मिलन कार्यक्रम गरेको छ । समाजले (आज) बिर्तामोड–२ चारपानेमा नेपाली महिलाहरुको महान पर्व हरतालिका तीजको अवसर पारेर विभिन्न मनोरन्जानात्मक कार्यक्रम गरेर मनाएको हो । समाजकी झापा महिला अध्यक्ष तथा तीज मिलन कार्यक्रमकी संयोजक पार्वता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरीको प्रमुख आतिथ्य तथा केन्द्रिय संरक्षक भरतलाल गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले पारेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्दबिक्रम गिरी, विशष्ठि अतिथि भरतलाल गिरी, समाजका केन्द्रिय सदस्य एलबी गिरी, कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी…

Read More

इलाम, ५ भदौ । इलाम माईजोगमाई गाउँपालिका वडा न ४, नामसालिङमा बिहानै गाउँको चोकमा हलचल थियो । गाउँपालिका उपाध्यक्ष प्रविना राईको नेतृत्वमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरूको टोली घर–घर पुग्दै थियो । उद्देश्य एउटै(अपाङ्गता भएका नागरिकको अवस्था बुझ्ने, स्वास्थ्य परीक्षण गर्ने र अधिकारका रूपमा प्राप्त हुने परिचयपत्र घरमै पुगेर वितरण गर्ने । गाउँकै आँगनमा डाक्टर यसमिन शेर्पाले स्वास्थ्य परीक्षण गरिरहनुभएको थियो। उता गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे, वडा सदस्यहरू र कर्मचारीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै थिए। अपाङ्गता भएका व्यक्तिहरूलाई ‘कागजका लागि धाउनु पर्ने दिन अन्त्य भएको’ त्यो क्षण गाउँलेका लागि नयाँ अनुभव थियो । उपाध्यक्ष प्रविना राई भनन्नुभयो, “हामीले हिँडडुल गर्न…

Read More

झापा, ५ भदौ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरक मतका बीच विधेयक पारित भएको हो । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको सो विधेयक लामो समयदेखि उपसमिति र समितिमा छलफलमा रहेको थियो। आजको बैठकले विधेयक पारित गरेसँगै अब संसद्को पूर्ण बैठकमा पेस गरिनेछ । माओवादी केन्द्रले विधेयकप्रति असहमति जनाउँदै पाँच बुँदे फरक मत समितिमा दर्ता गराएको छ । पार्टीका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका…

Read More