झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ साउन । झापाको दमक नगरपालिका–१० स्थित भालु खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । आज बिहान करिब ७ बजे पौडी खेल्ने क्रममा खोलाले बगाएर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दमक–१० निवासी इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई रहेका छन् । उनी आफ्ना साथी कृष्णप्रसाद ढकालका छोरा ११ वर्षीय भुपेन्द्र ढकालसँग खेल्दै खोलामा पसेका थिए । घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्ने क्रममा धर्मेन्द्रलाई खोलाले करिब ६०० मिटर तलसम्म बगाएको थियो । स्थानीयले देखेपछि तत्काल उद्धार गरी निम्स अस्पताल, दमक पुर्‍याइएको थियो । तर, अस्पतालमा पुर्याउनासाथ…

Read More

उदयपुर, २८ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, अजगरामा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । मंगलबार बिहान घर नजिकैको जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरूमा बान्ता, टाउको दुख्ने लगायतका लक्षण देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिरामी पर्नेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा रहेका छन् । तीनजनाको अवस्था गम्भीर बिरामीमध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप…

Read More

झापा, २८ साउन । गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा अभियोग पत्र दायर गरेको प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । पहिलो पटक अभद्र व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भए पनि चक्रे मिलनसहितका प्रतिवादीहरूले पटक–पटक यस्ता कसुर दोहोर्याएको कारण मुद्दा अदालत पुगेको हो । जन्मदिनको बहानामा त्रास फैलाएको आरोप साउन १६ गते राति चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउने क्रममा उनीहरू स्थानीयलाई त्रसित हुने गरी गतिविधि गरेको आरोप छ । सडकमै…

Read More

पर्सा, २८ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ स्थित ढेँडुखोलामा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेमा स्थानीय मनोज कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय छोरा आयांस कठायत रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालका अनुसार, मंगलबार बिहान १० बजेतिर खोलामा नुहाउने क्रममा दुवै बालक अचानक डुबेका थिए। स्थानीयले तत्काल उद्धार गरी ठोरीस्थित स्वास्थ्य चौकीमा पुर्‍याए पनि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । मृतक दुवै बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ…

Read More

झापा, २८ साउन । सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनमार्फत ‘नेप्से एआई’ नामक एप डाउनलोड गराई लाखौं रुपैयाँ ठगी गरिएको घटना सार्वजनिक भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले उक्त घटनालाई डिजिटल ठगीको नयाँ स्वरूपको रूपमा व्याख्या गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालको प्रयोगले सकारात्मक अवसरसँगै नकारात्मक जोखिम पनि निम्त्याएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने प्रवृत्ति मौलाउँदै गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न प्रेरित गरिन्छ । एप इन्स्टल गरेपछि रिमोट सेसन खोल्ने…

Read More

इलाम, २८ साउन । इलाम जिल्लाको माइखोला चिसापानी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको पुष्टि भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह अझै बढ्दो क्रममा छ, जसले तटीय क्षेत्र र होचा स्थानहरूमा डुबानको जोखिम बढाएको छ। विभागले सावधानी अपनाउन आग्रह गर्दै नदी किनारका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ भने डुबान सम्भावित क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन अनुरोध गर्नुका साथै स्थानीय प्रशासन र नागरिकलाई पूर्वतयारी गर्न सुझाव दिएको छ । त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोला (मदन भण्डारी राजमार्ग नजिक) मा पनि जलसतह सतर्कता तह पार गरेको छ। यहाँ पनि डुबानको सम्भावना रहेकाले सावधानी अपनाउन विभागले…

Read More

झापा, २८ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको बताएको छ। जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर पूर्णतया बदली (आकाशभरि बादल) रहनेछ। देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशका एक(दुई स्थानमा…

Read More

झापा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरता लेडी जेसीजले आज चिया बगानका मजदुरसँग तीज मिलन कार्यक्रम गरेको छ । वीरता लेडी जेसीजले भद्रपुरस्थित बुधकरण टी स्टेटका महिला मजदुरहरूसँग तीज मिलन कार्यक्रम गरेको हो । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले मजदुर दिदीबहिनीहरूलाई तीजको उपहार स्वरूप साडी, चुरा, पोते प्रदान गर्नुका साथै दर खुवाएर तीज मिलन कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बुद्धकरण टी–स्टेटका सञ्चालक राजेन्द्र सिहं राजवंशी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भुपाल सापकोटा, मजदुर संघका केन्द्रीय अध्यक्ष सीता सापकोटा, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष क्लबकी अध्यक्ष जेसी मन्जु पोख्रेल सिटौला, संस्थापक अध्यक्ष जेसी शारदा ढकाल…

Read More

झापा, २७ साउन । नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार डीएसपीहरुको सरुवा तथा काज गर्ने निर्णय गरेका हुन् । सरुवाको निर्णयसँगै काठमाडौँ उपत्यकाका केही वृत्तदेखि विभिन्न जिल्लाका इन्चार्जहरु समेत हेरफेर भएका छन् । को कहाँ भए सरुवा भए ?

Read More

भद्रपुर, २७ साउन । झापाको सदरमुकाम भद्रपुरमा युथ हाफ म्याराथन (दौड) प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भद्रपुर नगरपालिकाको नगर युवा परिषद्को आयोजनामा साउन २७ गते दौड प्रतियोगिता सम्पन्न भएको हो । भद्रपुरको पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल कीचकबधसम्म पुरुषको १९.२ कि.मि. दौडमा ७० जना र भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट कीचकबधसम्म २९ जना महिलाहरू १३ कि.मि. हाफ म्याराथनमा सहभागी रहेको परिषद्ले जनाएको छ । भद्रपुरका नगर–प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरपालिका क्षेत्रमा क्रियाशील संघ–संस्था र क्लबहरूको सहयोगमा म्याराथन दौड प्रतियोगिता सम्पन्न गरिएको परिषद्का सदस्य–सचिव योगेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलसहित उपप्रमुख राधा कार्की, प्रमुख…

Read More