
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दुबई, २ भदौ । दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको दुर्लभ गुलाबी हीरा चोरीको आरोपमा तीन व्यक्तिलाई पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार संस्था डब्लूएएम अनुसार, युरोपबाट गहना लिएर आएका एक हीरा व्यापारीलाई एक आपराधिक गिरोहले सम्भावित ग्राहक देखाउने बहानामा भिल्लामा लगेर हीरा हेर्ने क्रममा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबई प्रहरीको विशेष तथा फिल्ड टोलीले नवीनतम एआई प्रविधिको प्रयोग गरी आठ घण्टाभित्रै तीनै अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ । दुबई मिडिया अफिसले सार्वजनिक गरेको भिडियो फुटेजमा गिरोहका तीनै जनालाई अस्पष्ट अनुहारसहित देखाइएको छ। दुबई हीरा व्यापारको एक प्रमुख केन्द्र मानिन्छ, जहाँ…
झापा, २ भदौ । समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो । किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ । इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो ।…
झापा, २ भदौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य पदमा सरकारले झापा मेचीनगर वडा नं. १० का महेश खनाललाई नियुक्त हुनुभएको छ । सहकारी क्षेत्रमा विकृति नियन्त्रण गर्ने र सहकारी पीडितलाई विधिवत प्रक्रियाबाट न्याय दिलाउने उद्देश्यसाथ सरकारले २०८१ मा प्राधिकरण स्थापना गरेको थियो । प्राधिकरणमा एक अध्यक्षसहित चार सदस्य रहने व्यवस्था छ । अध्यक्षमा यसअघिनै सरकारले खगराज शर्मालाई नियुक्त गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट एकजना कार्यकारी निर्देशक पदेन सदस्य रहने प्रावधान अनुरुप गुरुप्रसाद पौडेल अनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एक सहसचिव रहने प्रावधान बमोजिम मदन कोइराला पदेन सदस्य बनेका छन् । समितिमा मेचिनगरका खनालले चार्टर्ड एकाउन्टेन्टहरुको…
झापा, २ भदौ । झापाको हल्दिबारी गाउँपालिकाको कार्यालयमा विद्युत सर्टका कारण आगलागी भएको छ। आज बिहान ११ः३० बजे गाउँपालिकामा जडान गरिएको टीओडी मिटर बक्समा अचानक विद्युत सर्ट भई आगलागी भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी कञ्चनश्रीको टोली घटनास्थलमा खटिएको थियो । नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट तार र टीओडी मिटर जली नष्ट भएको जनाइएको छ।
बिर्तामोड, २ भदौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्तराष्ट्रिय अध्ययन सम्बन्धी जानकारी, मार्गदर्शन र सेवाप्रदान गर्ने एउटा महत्वपूर्ण क्षेत्र भएको भन्दै पछिल्ला दिनमा केही भ्रामक गतिविधिहरु र गैरजिम्मेवार अभ्यासका कारण यस क्षेत्रमा प्रश्न उठ्न थालेकाले समग्र व्यवसायको विश्वसनीयता र मर्यादामा गम्भीर असर परेको इक्यान झापाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । इक्यान झापाका अध्यक्ष रोशन सुवेदी र सचिव अशोक भण्डारीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ– हामी नेपाल शैक्षिक परामर्श…
झापा, २ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको छ। जेलबाट रिहा भएपछि आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले देशको अवस्था परिवर्तन गर्न दल खोल्ने निर्णय सार्वजनिक गर्नुभयो। “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ,” प्रसाईंले भन्नुभयो, “देश र जनतामाथि भइरहेको लुटपाटलाई टुलुटुलु हेरेर बस्न सकिन। म र मेरो परिवारभन्दा नेपाल र नेपाली प्राथमिकतामा छन्।” प्रसाईंले राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक अधिकारको रक्षाका लागि आफू र अभियानका साथीहरू राजनीतिक दल गठन गरी सक्रिय राजनीतिमा प्रवेश गर्ने अठोटमा रहेको बताउनुभयो।
विराटनगर, २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सङ्गठित सदस्य तथा सक्रिय कार्यकर्ता रहेको स्पष्ट पार्नुभएको छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले ४५ वर्षदेखि पार्टीमा सक्रिय रहँदै आएको बताउनुभयो। ‘म नेकपा एमाले नै हो। एमालेकै तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकी हुँ र अहिले पनि पार्टीको नीति तथा कार्यक्रमअनुसार काम गरिरहेकी छु’, उहाँले भन्नुभयो। केन्द्रीय कमिटीले सदस्यता नवीकरण नगर्ने निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले औपचारिक जानकारी नभएको बताउनुभयो। ‘म अहिले केन्द्रीय समितिमा छैन। पार्टीको औपचारिक निर्णयबारे सबै सदस्यलाई जानकारी नहुन सक्छ’, उहाँको भनाइ थियो। आफू आलोचनाबाट मुक्त नरहेको स्वीकार गर्दै भण्डारीले कुनै गुट नचलाएको स्पष्ट पार्नुभयो। काँग्रेस नेता डा.…
शिवसताक्षी, २ भदौ । झापाको शिवसताक्षी नगरपालिकाले मावन स्वास्थ्यको ख्याल गर्दै बजार अनुगमन गर्दै आएको छ । नगरपालिकाले आज शिवसताक्षीको दूधेमा नगरपालिकाले छड्के अनुगमन गरेको हो । चाड पर्वको नजिक मात्र बजार अनुगमन गर्ने प्रचलनलाई तोड्दै नगरपालिकाले समय समयमा छड्के बजार अनुगमन गर्ने गरेको अनुगमन समितिकी संयोजक उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । दूधे बजार अनुगमनका क्रममा केही खाद्य वस्तुहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । जसमा सूर्य पान तथा किराना पसलबाट जङ फुड्स, चियारङ्ग, कपालमा लगाउने तेल, आँपको अचार, मञ्जन लगायतका सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै पानस किराना पसलमा प्याकेट खेलिएको…
झापा, २ भदौ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सन्जेलले जानकारी दिनुभयो । हालसम्म कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८।०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ । देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ ।…
झापा, २ भदौ । गोंगबुको कञ्चन कोशी होटल एण्ड लजमा मृत भेटिएकी २७ वर्षीया ललिता बिकको हत्या उनका श्रीमान् सन्तोष सेन्चुरीले गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । साउन ३० गते लजको २०१ नम्बर कोठाबाट गन्ध आउन थालेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । नुवाकोट घर भई बुढानीलकण्ठ बस्दै आएकी ललितालाई साउन २७ मा सन्तोषले लजमा लगेर हत्या गरेका थिए । काभ्रेको भुम्लु घर भएका सन्तोषलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । ललिता र सन्तोषले दुई वर्षअघि विवाह गरेका थिए, तर पछिल्लो समय उनीहरूको सम्बन्धमा तनाव थियो । सन्तोष परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको प्रहरी…