
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३१ साउन । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, रु पाँच लाख जरिवाना र रु ३० हजार…
बिर्तामोड, ३१ साउन । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजमा गएराति आगलागी हुँदा करिब दश लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी विद्युत सट भएर भएको प्रारम्भिक अनुमान गरिएको छ । राति ११ः१५ बजे यदुनाथ मिश्रद्वारा सञ्चालित सवारी साधनको इन्जिन मर्मत गर्ने ग्यारेजमा आगो लागेको हो । टिनको छानो र बेरा भएको एकतले ग्यारेजमा आगो लाग्दा इन्जिन बनाउने ६ ओटा मेसिन, मर्मतका लागि ल्याइएका ६–७ ओटा सवारी इन्जिन तथा ग्यारेज पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यसैगरी, मर्मतका लागि ल्याइएको मे १ क ६४४ नम्बरको टिपरको अगाडिको भाग सामान्य रूपमा जलेको छ । आगलागीबाट करिब १०…
झापा, ३१ साउन । झापाको मेचीनगर र अर्जुनधाराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार काँकरभिट्टाबाट सिमा चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलामको माई नगरपालिका–२ निवासी २८ वर्षीय अविशेक राईलाई पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा बेल्टको भित्री भागमा लुकाइएको खैरो हिरोइन फेला परेको हो । प्लास्टिकसहित ३.४४ ग्राम र प्लास्टिक बाहेक २.६३ ग्राम लागूऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी, शुक्रबार अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारस्थित दुर्गा मन्दिर टोलमा लागुऔषध बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले ३२ वर्षीय घनश्याम साहुलाई पक्राउ गरेको हो…
पाँचथर, ३१ साउन । यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ। मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् । आगामी हप्तादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हेंवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो । बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको छ । निर्माण कम्पनी ले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो…
झापा, ३१ साउन । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र…
झापा, ३१ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपशचिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदुर पश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी र सुदुरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको…
ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार उनकी आमा शान्ता लिम्बू भने सामान्य घाइते भएकी छिन् । फुरुम्बूबाट माइतीघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमाछोरी खोलामा खसेका प्रहरीले जनाएको छ ।
बिर्तामोड, ३० साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा नवनिर्मित नागरिक सहायता कक्ष आज एक संक्षिप्त समारोहबीच उद्घाटन गरिएको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिला अनावरण तथा रिबन काटेर कक्षको औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नगर प्रमुख प्रसाईले जनसेवाको उद्देश्यले स्थानीय सरकारको सहयोगमा कक्ष निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले विधिको शासनमा विशेष ध्यान दिनुपर्ने र जनहितका कार्यमा स्थानीय सरकार सधैं प्रतिबद्ध रहने उल्लेख गर्नुभयो । साथै, नागरिकको सहजता सुनिश्चित गर्न योजना अनुसार कार्यान्वयन गरिएकोमा कार्यालय प्रमुखप्रति धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बिर्तामोड नगरपालिकाबाट प्राप्त रु। ७…
दमक, ३० साउन । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ की महिलाको मृत्यु भएको छ । यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनीता राईको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । बिहान करिब ४ः१५ बजे सुनीतासँगै उहाँकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धनगढी, ३० साउन । कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ बाहुनपुरकी दुई वर्ष छ महिनाकी बालिका पूर्णिमा चलाउनेको खाल्डोमा डुबेर ज्यान गएको हो । बिहीबार घर नजिकको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा पानीमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या भयावह छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा मात्रै डुबेर १३० जनाले ज्यान गुमाएका छन् । डुबेर ज्यान गुमाउनेमा सबैभन्दा बढी बालबालिका छन् । डुबेर ज्यान जाने घटना धेरैजसो कैलाली र कञ्चनपुरमा भइरहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।